काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।