साताको पहिलो दिन नेप्से भारी अंकको गिरावट

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उच्च अंकले गिरावट भएको छ । आज नेप्से २७ दशमलव २१ अंकले गिरावट हुँदै दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यम गिरावट भएको छ । कूल एक करोड सात लाख ७२ हजार ४८३ कित्ता शेयर तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार